प्रदीप खड्काको ‘एक्लो’को छायांकन सकियो

630 shares

काठमाडौँ । प्रदीप खड्का स्टारर फिल्म ‘एक्लो’को छायांकन सकिएको छ । फिल्मको छायांकन ३५ दिनमा सकिएको जनाइएको छ ।

काठमाडौँ र उपल्लो मुस्ताङमा छायांकन गरिएको फिल्मका निर्देशक प्रदीप शाही हुन् । साई–फाई जोम्बी थ्रिलर जनरामा बन्ने फिल्ममा प्रदीप खड्का, बेनिशा हमाल, विजय लामा, सुनिल थापा, दिनेश डिसी, दिया पुन, कविता नेपाली लगायतका कलाकारको अभिनय रहेको छ ।

साई प्रोडक्शन नेपालको व्यानरमा निर्माण भएको फिल्ममा राजु कुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव बिष्ट, संगीता वादी श्रेष्ठ, भाइराजा थापा, नविन सिवा र बागविर पुनको लगानी छ । वावु श्रेष्ठको छायांकन रहेको फिल्ममा राजु तामाङको एक्सन कोरियोग्राफी, सन्तोष लामाको कला निर्देशन छ ।

630 shares