प्रदीप खड्काको ‘एक्टर’को प्रदर्शन मिति सर्यो

वि.सं.२०८१ कात्तिक १ बिहीवार ०९:३९

काठमाडौँ । अभिनेता प्रदीप खड्का स्टारर फिल्म ‘एक्टर :टेक वान’को प्रदर्शन मिति सरेको छ । फिल्मलाई कार्तिक १५ गते लक्ष्मीपूजाबाट प्रदर्शनमा ल्याउने तयारी गरेपनि फिल्मको रिलिज मिति सरेको हो ।
फिल्म अब माघ १६ गतेबाट प्रदर्शनमा आउने भएको छ । आकाश बराल र राजन भुसालको स्क्रिप्ट रहेको फिल्मलाई राजन भुसालले निर्देशन गरेका हुन् । फिल्ममा प्रदिप खड्का, आना शर्मा, दिव्या रायमाझी, र राजबल्लभ कोइरालासहित दिव्य देव, उषा रजक, र सुशील सिटौलालगायतका कलाकारहरूको प्रमुख भूमिका रहेको छ ।
अदृत फिल्मस् र मोती फिल्मस्को संयुक्त प्रस्तुतिमा निर्माण भएको फिल्मका निर्माता थमन कुमार भण्डारी, सह(निर्माता अनीश भुसाल र क्रियटिभ प्रोड्युसर मोती कार्की हुन्। नरेन्द्र मैनालीले छायांकन रहेको फिल्मलाई निमेष श्रेष्ठले सम्पादन गरेका छन्।

वि.सं.२०८१ कात्तिक १ बिहीवार ०९:३९