‘पूर्ण बहादुरको सारङ्गी’को ट्रेलरमा गन्धर्व समुदायको दु:ख र संघर्ष कथा

वि.सं.२०८१ कात्तिक १ बिहीवार ०९:५३

काठमाडौँ । कार्तिक १५ गते लक्ष्मीपूजाबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।
ट्रेलरमा गन्धर्व समुदायको समस्यालाई देखाइएको छ । प्रेम, समस्या र संघर्षलाई प्रस्तुत गरिएको ट्रेलरले दर्शकलाई आकर्षित गर्न सक्छ ।
फिल्मलाई सेभेन सिज र बासुरी फिल्मसको प्रस्तुतिमा निर्माण गरिएको हो । फिल्मका निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन् भने कार्यकारी निर्माता रमेश चौलागाईं, हरि श्रेष्ठ, र रमेश ढकाल हुन् ।
फिल्ममा प्रशान्त शिवाकोटीको संगीत रहेको छ भने हेमन्त कान्छा रसाइलीको सारङ्गी र प्रशान्त शिवाकोटी, मेलिना राई, तथा पुष्पन प्रधानको स्वर रहेको छ ।
फिल्ममा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, बुद्धि तामाङलगायत कलाकारको अभिनय छ ।

वि.सं.२०८१ कात्तिक १ बिहीवार ०९:५३