‘कर्मा’को मुख्य भूमिकामा विपीन कार्की

वि.सं.२०८१ कात्तिक २ शुक्रवार ०७:०१

काठमाडौँ । निर्देशक सौरभ चौधरीको नयाँ प्रोजेक्ट ‘कर्मा’को मुख्य भूमिकामा अभिनेता विपीन कार्की अनुबन्धित भएका छन् । बिहीबार निर्माण पक्षसँग कागजी सम्झौता गर्दै कार्की फिल्ममा अनुबन्धित भएका हुन् ।
विपीनलाई अनुबन्धित गर्दै फिल्मको प्रदर्शन मिति समेत तोकिएको छ । फिल्म अगामि चैत्र २९ गतेबाट प्रदर्शनमा आउनेछ । सार्वजनिक पोष्टरमा विपीन जिममा कसरत गरिहेका देखाइएको छ ।
निर्देशक चौधरीले नै फिल्मको कथा लेखेका हुन् । चौधरीको यो तेश्रो निर्देशन हो । उनले गत फागुनमा प्रदर्शन भएको ‘अगस्त्य च्याप्टर १’ निर्देशन गरेका थिए । एक्सन जनराको फिल्मले दर्शकको राम्रो प्रतिक्रिया पाएको थियो ।
आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने फिल्म एक्सन जनरामा निर्माण हुनेछ । फिल्ममा बसन्त लम्सालको लगानी रहनेछ । मंसिर दोश्रो साताबाट छायांकन हुने फिल्मको अन्य कलाकार चाँडैनै अनुबन्धित गरिने जनाइएको छ ।

वि.सं.२०८१ कात्तिक २ शुक्रवार ०७:०१