‘फिरफिरे फिरिरी’को आइटम गीत सार्वजनिक

770 shares

काठमाडौँ । चलचित्र ‘फिरफिरे फिरिरी’को आइटम गीत सार्वजनिक भएको छ । बिहीबार फिल्मको ‘टिमिक्कै चोली’ बोलको गीत सार्वजनिक गरिएको हो ।

सार्वजनिक गीतमा प्रशान्त शिवाकोटीको शब्द रचना तथा संगीत रहेको छ । गीतमा अनु चौधरीको स्वर रहेको छ । गीतको भिडियोमा मोडल अलिशा शर्मा फिचर्ड छिन् । उनको साथमा सन्दीप श्रेष्ठ, मनोज कुमार अधिकारी लगायतलाई प्रस्तुत गरिएको छ ।

फिल्म कात्तिक २२ गते अर्थात छठ पर्वको अवसर पारेर प्रदर्शनमा आउनेछ । हरर कमेडी जनरामा बनेको फिल्मलाई नविन भट्टले निर्देशन गरेका छन् । फिल्ममा मनोज कुमार अधिकारी निर्माता छन् भने सह निर्माता नितिश पुन छन् ।

फिल्ममा भावना उप्रेती, रविना केसी, पुष्प अवस्थी, सूर्यमान लिम्बू लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

 

770 shares