सन्दीप लामिछानेलाई अमेरिकाले दियो भिसा, आजै अमेरिका उड्ने

777 shares

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिएको छ । एउटा विवादित घटनाका कारण उनलाई यसअगाडि अमेरिकाले भिसा दिएको थिएन ।

नेपालस्थित अमेरिकी दुतावासले उनलाई भिसा उपलब्ध गराएसँगै सन्दीप आजै राति अमेरिका उड्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । लामिछानेले त्यहाँ आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतका तेश्रो श्रृंखला खेल्नेछन् । टोलीका अन्य सदस्य भने क्यानडामा लिग २ खेले अमेरिका पुगिसकेका छन् ।

लिग २ प्रतियोगिता अमेरिकामा अक्टोबर २५ तारिखमा सुरु हुँदैछ । नेपालले पहिलो खेल अमेरिकासँग् अक्टोबर २७ तारिखमा खेल्नेछ ।

777 shares