‘१२ गाउँ’ र ‘छक्का पन्जा ५’ ले १० करोडमाथिको कलेक्सन गर्दा ‘ज्वाइँ साब’ले कति कमायो ?

987 shares

काठमाडौँ । दशैँको अबसरमा असोज २४ गते फुलपातीको दिनबाट प्रदर्शनमा आएका तीन नेपाली चलचित्रले बक्सअफिसमा राम्रो कलेक्सन गरिरहेका छन् । ‘छक्का पन्जा’को कलेक्सन १२ करोड माथि र ‘१२ गाउँ’को कलेक्सन १० करोडमाथि पुगेको जनाइएको छ ।

यस्तोमा सोहि दिनबाट प्रदर्शनमा आएको ‘ज्वाइँ साब’ले कति कमायो भन्ने कुरा सर्बत्र चासोको विषय छ । यस्तोमा फिल्मले १० दिनमा ३ करोड २५ लाख बराबरको ग्रस कलेक्सन गरेको दाबी गरिएको हो । वर्ड अफ माउथ बलियो हुँदा फिल्मले अकुपेन्सी पनि बढाएको छ । फिल्मको कलेक्सन पनि राम्रो देखिएको छ ।

बसन्त निरौलाको निर्देशनमा बनेको फिल्ममा जितु नेपाल, नीति शाह, बुद्धि तामाङ, रमेश बुढाथोकी, शिशिर वाङ्देल, प्रकाश घिमिरे, निमा पाण्डे, हिमेश पन्त लगायतका कलाकारको अभिनय रहेको छ ।

 

987 shares