व्यापारीबाट जग्गा लिनु गलत हो भन्ने विन्दा पाण्डे लगायतलाई एमालेले स्पष्टिकरण सोध्ने

वि.सं.२०८१ कात्तिक ४ आइतवार १३:२९
714
shares

काठमाडौं । नेकपा एमालेको पार्टी कार्यालय निर्माणका लागि व्यापारि मिनबहादुर गुरुङले जग्गा दान गरेपछि सर्वत्र विरोध भइरहेको छ । सत्तारुढ पार्टीले व्यापारीबाट यसरी दान लिनु स्वार्थ बाझिने भन्दै सर्वत्र आलोचना भएको थियो ।
जनस्तरबाट आलोचना भइरहेको विषयमा एमालेभित्रै पनि विरोधको आवाज उठेपछि पार्टीले प्रश्न उठाउने हरुलाई स्पष्टिकरण सोध्ने भएको छ । आज बसेको सचिवालयको बैठकले जग्गा दानको विषयका विरुद्ध बोल्नेहरुलाई स्पष्टिकरण सोध्ने भएको हो ।
एमालेले पूर्वउपाध्यक्ष भीम रावल, स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सिनालाई स्पष्टीकरण सोध्ने भएको हो । उनिहरुले व्यापारीबाट जग्गा दान लिनु गलत भएको टिप्पणी गरेका थिए ।

वि.सं.२०८१ कात्तिक ४ आइतवार १३:२९
714
shares