क्रान्तिकारीलाई अनेरास्ववियुका महासचिवको जवाफ, ‘चन्दा उठाएको पैसा प्रचण्डलाई दिनुहोला’

3.49K shares

काठमाडौँ । नेकपा एमालेको पार्टी कार्यालय निर्माणका लागि भनेर माओवादी निकट अखिल क्रान्तिकारीले चन्दा उठाएपछि अनेरास्ववियुका महासचिव नरेश रोकायाले जवाफ फर्काएका छन् । उनले क्रान्तिकारीले एमाले पार्टी कार्यालय बनाउन भनेर उठाएको एक रुपैँया चन्दा आफ्नै अध्यक्ष प्रचण्डलाई दिन अनुरोध गरेका छन् ।

महासचिव रोकायाले सामाजिक संजाल फेसबुकमा लेखेका छन् –

क्रान्तिकारी साथीहरुले एमाले पार्टी कार्यालय बनाउने भनेर एक रुपैया चन्दा उठाउनु भयछ
मेरो अनुरोध त्यो पैसा लगेर तपाईहरुको अध्यक्ष प्रचण्डलाई दिनुहोला
नोट
१. माओबादी अध्यक्ष प्रचण्ड कालो सुचीमा परेका ठेकदार शारदा अधिकारीको घरमा भाडामा बस्नु हुन्छ (घरभाडा तिर्न उहाँलाई गाह्रो पर्नसक्छ)
२. उहाँको नाति नेपालकै सर्वाधिक महङ्गो निजि बिधालयमा पढ्नुहुन्छ (निजको फि तिर्न गार्हो भाको हुनसक्छ)
३. उहाँसंग सम्पतिको नाममा १ कठ्ठा जमिन र तिनतोला सुन मात्रै रहेको छ ।

3.49K shares