सलोनको ‘रंगी’को छायांकन सुरु

770 shares

काठमाडौँ । अभिनेता सलोन बस्नेतले चलचित्र ‘रंगी’को छायांकन सुरु गरेका छन् । मंगलबार काठमाडौँको नक्सालमा स्क्रिप्ट र क्यामेरा पूजा गर्दै फिल्मको छायांकन सुरु गरिएको हो ।

काठमाडौँ भित्रै छायांकन हुने फिल्मको सेड्युल ३० दिनको रहेको जनाइएको छ । फिल्मको प्रस्तुतकर्ता अभिनेता सलोन नै हुन् ।

सुरेश न्यौपानेको निर्देशनमा बन्ने फिल्ममा सलोनको साथमा पूर्व मिस नेपाल नम्रता श्रेष्ठ, दीलिप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, विशाल पहारी लगायतका कलाकारको अभिनय रहनेछ ।

फिल्मले बाबु छोरिको कथा भन्नेछ । फिल्मको निर्माता सक्षम सुवेदी हुन् । सुमन गजमेरको लेखन रहेको फिल्ममा सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेश भण्डारी र भीम विसीको संगीत तथा कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी रहनेछ ।

770 shares