‘भूल भुलैया ३’ को ‘जाना सम्झो ना’ गीत सार्वजनिक

वि.सं.२०८१ कात्तिक ६ मंगलवार १०:१९

काठमाडौँ । बलिउड फिल्म ‘भूल भुलैया ३’ को ‘जाना सम्झो ना’ बोलको गीत सार्वजनिक भएको छ । मंगलबार फिल्मको गीतको भिडियो सार्वजनिक भएको हो ।
आदित्य रिखरीको शब्द रहेको गीतमा लिजो गोर्गे, डिजे चेतस र आदित्य रिखरीको संगीत रहेको छ । गीतमा आदित्य र तुलसी कुमारको स्वर रहेको छ । भिडियोमा कार्तिक आर्यन र तृप्ति दिमरी फिचर्ड छन् ।
अनीस बज्मी निर्देशित फिल्ममा कार्तिक आर्यन, विद्या बालन, तृप्ति डिमरी, माधुरी दीक्षित, राजपाल यादवलगायत कलाकारको अभिनय छ।
यो फिल्म नोभेम्बर १ देखि प्रदर्शन हुनेछ।
फिल्मको पहिलो पार्ट सन् २००७ मा प्रदर्शन भएको थियो । फिल्ममा विद्या बालन मञ्जुलिका बनेकी थिइन् भने अक्षय कुमार डाक्टर आदित्य । फिल्मलाई प्रियदर्शनले निर्देशन गरेका थिए । दोश्रो भागमा कार्तिकको इन्ट्रि भयो । अनीस बज्मी निर्देशित फिल्ममा तब्बुले चुडेलको भूमिका निभाएकी थिइन् । तेश्रो पार्टम मञ्जुलिका फर्केकी छन् ।

वि.सं.२०८१ कात्तिक ६ मंगलवार १०:१९