जोडी कमर संसारकै सुन्दर महिला, दीपिका पादुकोण कति नम्बरमा ?

वि.सं.२०८१ कात्तिक ६ मंगलवार १४:००
721
shares

काठमाडौँ । बेलायती अभिनेत्री जोडी कमर यस वर्ष संसारकै सबैभन्दा सुन्दर महिला घोषित भएकी छन् । व्यावसायिक कस्मेटिक सर्जनको म्यापिङपछि वर्षेनी विश्वकै सुन्दर महिलाको सूची सार्वजनिक गरिन्छ । सुन्दर महिला पहिचान गर्न परम्परागत ग्रीक अंकगणितीय पद्दति ‘गोल्डेन रेसियो’को मद्दत लिइन्छ । सोहि विधि अनुसार यो वर्षको सुन्दर महिला जोडी कमर बनेकी हुन् ।
सूचिको दोस्रो स्थानमा हलिउड अभिनेत्री जेन्डाया, तेस्रोमा सुपरमोडल बेला हदिद, सूचीको चौथो स्थानमा बियोन्से, पाँचौंमा एरियाना ग्रान्डे, छैटौंमा टेलर स्वीफ्ट, सातौंमा जोर्डन डन, आठौंमा किम कार्दसियन, नवौंमा दीपिका पादुकोण र दशौंमा होयोन जंग छन् ।

वि.सं.२०८१ कात्तिक ६ मंगलवार १४:००
721
shares