२७५ करोड भारुमा नेटफ्लिक्सले किन्यो ‘पुष्पा २’

वि.सं.२०८१ कात्तिक ७ बुधवार ०६:०१
819
shares

काठमाडौँ । यो वर्षकै बहुप्रतिक्षित चलचित्र ‘पुष्पा २’ को डिजिटल अधिकार बिक्री भएको छ । फिल्मको डिजटल अधिकार २७५ करोड भारुमा नेटफ्लिक्सले किनेको हो ।
हालसम्मकै ठुलो डिजिटल रकम नेटफ्लिक्सले भारतीय फिल्मलाई दिएको जनाइएको छ । फिल्मले रिलिजपूर्वनै विभिन्न राइट बिक्रीमार्फत एक हजार ८५ करोड भारु कमाएको जनाइएको छ ।
सुकुमारको निर्देशनमा बनेको फिल्म ६ डिसेम्बर २०२४ मा विश्वभरका हलमा रिलिज हुँदैछ । फिल्ममा अल्लु अर्जुन, रश्मिका मन्दाना र फहद फासिल मुख्य भूमिकामा छन् ।

वि.सं.२०८१ कात्तिक ७ बुधवार ०६:०१
819
shares