राष्ट्रिय युवा संघले ‘एआई’ सम्मेलन गर्दै
वि.सं.२०८१ कात्तिक ७ बुधवार ०४:०२
काठमाडौँ । नेकपा एमालेका जनवर्गिय संगठन राष्ट्रिय युवा संघ नेपालले ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) सम्मेलन गर्ने भएको छ । संघले ११ र १२ कात्तिकमा (एआई) सम्मेलन गर्ने भएको हो।
विश्व बजारमा अहिले भइरहेको ‘आर्टिफिसियल इन्टेलिजेन्स’को विकास र उपयोगबारे नेपाली समाजमा जानकारी दिने उद्देश्यले सम्मेलन गर्न लागिएको युवा संघले जनाएको छ। सम्मेलनलाई प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नेछन्।
सम्मेलनबाट राष्ट्रिय एआई रणनीति विकास, नैतिक एआई प्रयोगको प्रवर्द्धन, एआई अनुसन्धान तथा विकासमा सार्वजनिक निजी साझेदारीको प्रवर्द्धन, एआई शिक्षा र कार्यबल विकासलाई सुदृढ बनाउने र समावेशी एआई नीति सुनिश्चित गर्ने उद्देश्य राखिएको छ।
सम्मेलनमा १००० जना सहभागी हुने र ५०० जना युवा संघले सिफारिस गरेका प्रतिनिधि रहनेछन्। बाँकी ५०० जना भने इच्छुक युवाले फारम भरेर आवेदन दिन सक्ने युवा संघले जनाएको छ ।
वि.सं.२०८१ कात्तिक ७ बुधवार ०४:०२