दीपकलाई सन्तोषको प्रश्न – ‘तपाईंले २० करोड कमाउँदा सिने उद्योगलाई के भयो ?’

1.61K shares

काठमाडौँ । अभिनेता दीपकराज गिरी र निर्माता तथा निर्देशक सन्तोष सेन आमने सामने भएका छन् । रजतपटको कार्यक्रममा प्रस्तोताले सन्तोषको फोटो देखाउँदै, ‘तपाइँहरुमाथि साइबर सेना परिचालन गर्ने कमाण्डर हो रे नी’ भनेर प्रश्न गरेका थिए । जवाफमा दीपकले, ‘मैले पनि सुनेको छु’ भनेका थिए ।

सोहि भिडियोको जवाफमा सन्तोषले सामाजिक संजालमार्फत जवाफ दिएका थिए । उनले गिरीको फिल्मले २० करोड कमाउँदा सिनेमा उद्योगलाई के भयो भन्दै प्रश्न गरेका छन्।

उनले भने, ‘एकजना मान्छेले एउटा सिनेमा बनाएर २० करोड बनाउँदैमा सिनेमा इन्डस्ट्री धानिँदैन। घाटामा जाने सिनेमाको पनि यो चलचित्र उद्योगलाई अगाडि बढाउन उत्तिकै हात छ।’

उनले आफूलाई ‘साइबर सेना’को कमान्डर प्रमाणित गर्न पनि उनले चुनौती दिएका छन्। उनले आफूलाई ‘साइबर सेना’ को कमान्डर भनिएको कुराको जरासम्म पुगेर पत्ता लगाउने पनि बताएका छन्। दर्शकहरुलाई साइबर सेना भनेर अपमान गरेको पनि उनले बताए।

सेनले आउँदो आफ्नो चलचित्र ‘बलिदान’को हिरो समीर भट्ट ‘१२ गाउँ’मा रहेकाले केही बढी पोस्ट भने गरेको बता ए। उनले मनमा तुष राखेर बाहिर मिठो नबोल्न सुझाव पनि दिएका छन् । उनले समीर भट्टको उदयलाई उनले काठमाडौं महानगरपालिकामा बालेन शाहको उदयसँग तुलना गरेका छन् ।

1.61K shares