६० लाखको म्युजिक भिडियोमा साम्राज्ञी

वि.सं.२०८१ कात्तिक ८ बिहीवार ०३:२३
1.23K
shares

काठमाडौँ । अभिनेत्री साम्राज्ञी आरएल शाहको नयाँ म्युजिक भिडियोलाई लिएर बजार तातेको छ । भिडियो नेपालकै महँको बजेटको भनिएपछि चर्चा चुलिएको हो । ६० लाख लगानीमा बनेको ‘मालती’ बोलको गीतका कारण चर्चा भएको हो ।
दशैँ अगाडि थाइल्याण्डमा भिडियो खिचिएको थियो । बुधबार मोडल खरेलको जन्मदिनमा गीत छायांकनका केही तस्वीरहरु सार्वजनिक गरिएको छ, जसमा साम्राज्ञी बोल्ड अवतारमा प्रस्तुत छिन् । भिडियोलाई नेपालकै महँगो भिडियो भनिएको छ ।
फिल्मको कुरा गर्नुपर्दा साम्राज्ञीको पछिल्लो ‘लण्डन टु पेरिश’ डुबेको थियो । उनको हातमा नयाँ फिल्मको नाममा ‘रुमानी रंग’ मात्रै छ । उक्त फिल्म पनि बन्ने नबन्ने टुंगो छैन । पछिल्लो समय उनका लगातार फिल्म फ्लप हुँदा उनको करियरले कस्तो मोड ले ला भन्न सकिने अवस्था छैन ।

वि.सं.२०८१ कात्तिक ८ बिहीवार ०३:२३
1.23K
shares