‘फेस अफ क्लासिक डायमण्ड’को पाँचौ सिजन आयोजना हुने

644 shares

काठमाडौं । ‘फेस अफ क्लासिक डायमन्ड’को पाँचौ सिजन आयोजना हुने भएको छ । विहिबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै पाँचौ सिजनको घोषणा गरिएको हो ।

कार्यक्रम ४ र ५ माघमा कार्यक्रम हुने छ । प्रतियोगिताको उत्कृष्ट मोडलले शीर्ष उपाधिसहित डेढलाख रुपैयाँ, उपविजेताले एक लाख रुपैयाँ र सहविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

प्रतियोगितामा सहभागी हुन दर्ता खुला गरिएको छ । प्रतियोगिताको लागि काठमाडौं र पोखरामा अडिसन गरिने भएको छ । अडिसनमा छनोट हुनेलाई एक महिनाको प्रशिक्षण दिइनेछ । उत्कृष्ट १० प्रतियोगीलाई क्लासिक डाइमन्ड फेसन तथा ज्वेलरी शोमा प्रस्तुत गरिने भएको छ ।

 

644 shares