कति कमायो ‘छक्का पन्जा ५’ ले ?

966 shares

काठमाडौँ । हलमा प्रदर्शनरत ‘छक्कापन्जा ५’ ले दमदार कलेक्सन गरिरहेको छ । फिल्मले दुई सातामा आक्रमक कलेक्सन गरेको हो ।

फिल्मको बिहिबारसम्मको कलेक्सन सार्वजनिक भएको छ । फिल्मले दुई सातामा १७ करोड ६० लाख ग्रस कमाइ गरेको छ । फिल्मले २० करोडको आँकडा पार गर्ने अनुमान गरिएको छ ।

दीपाश्री निरौलाको निर्देशनमा बनेको फिल्ममा दीपकराज गिरी, केदार घिमिरे, वर्षा शिवाकोटी लगायतका कलाकारको अभिनय रहेको छ ।

966 shares