‘१२ गाउँ’ले कमायो २३ करोड ५० लाख

वि.सं.२०८१ कात्तिक १५ बिहीवार ०९:२८

काठमाडौँ । दशैँको अवसरमा प्रदर्शनमा आएको चलचित्र ‘१२ गाउँ’ चौथो हप्तामा प्रवेश गरेको छ । सुरुवाती कलेक्सन ठिकठाक गरेको फिल्मले पछिल्ला दिनहरुमा आक्रमक व्यापार गरिरहेको छ ।
फिल्मले प्रदर्शनको २२ औँ दिनमा पनि १ सय ५० बढि शोज पाएको छ । निर्माण टिमले हालसम्म फिल्मले २३ करोड ५० लाख कलेक्सन गरेको जनाएको छ । फिल्मको यहि रफ्तार कायम रहँदा ३० करोडको आँकडा पार गर्ने जनाइएको छ ।
आजबाट ‘पूर्ण बहादुरको सारंगी’ पनि हलमा थपिएको छ । भोलिबाट बलिउडका दुई ठुला फिल्म ‘सिंगम अगेन’ र ‘भुलभुलैया ३’ पनि थपिने छन् । यस्तोमा फिल्मको कलेक्सन थोरै कम हुने आँकलन गरिएको छ ।
विराज भट्टको निर्देशनमा बनेको फिल्ममा विराज, समीर, न्यान्सी र सनिशासँगै मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुन जंग शाही, भिष्म जोशी, शुलेमान शंकर , तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट शिल्भाको अभिनय रहनेछ ।

वि.सं.२०८१ कात्तिक १५ बिहीवार ०९:२८