‘सिंघम अगेन’ र ‘भूल भुलैया ३’ ले कति कमाए ?

1.13K shares

काठमाडौँ । गत शुक्रबारदेखि प्रदर्शनमा आएका दुई बलिउड फिल्मले बक्सअफिसमा दमदार कलेक्सन गरिरहेका छ । कप युनिभर्सको ‘सिंघम अगेन’ र हरर–कमेडि जनराको ‘भूल भुलैया ३’ ले तीन दिनमै सय करोड क्लब पार गरेका छन् ।
भारतीय सञ्चारमाध्ययमका अनुसार ‘सिंघम अगेन’ले तीन दिनमा १ सय २१ करोड भारुको कलेक्सन गरेको छ । फिल्मले पहिलो दिन ४३ करोड ७० लाख भारुको ओपनिङ गरेको थियो । दोश्रो दिन फिल्मले ४४ करोड ५० लाख र तेश्रो दिन फिल्मले ३५ करोड भारुको कलेक्सन गरेको छ ।

यता हरर कमेडी जनराको फिल्म ‘भूल भुलैया ३’ ले १०६ करोड भारु कमाएको छ । फिल्मले पहिलो दिन ३६ करोड ६० लाख भारूको ओपनिङ गरेको थियो । दोश्रो दिन ३८ करोड ४० लाख र तेस्रो दिन ३३ करोड ५० लाख भारू कमाएको हो।

रोहित शेट्टी निर्देशित फिल्म सिंघम अगेन मा अजय देवगन, रणवीर सिंह, अक्षय कुमार, दीपिका पादुकोण, करीना कपूर खान, टाइगर श्राफ, अर्जुन कपूर, टाइगर श्राफलगायत कलाकारको अभिनय छ।

अनीस बज्मी निर्देशित फिल्म भूल भुलैया ३ मा कार्तिक आर्यन, विद्या बालन, तृप्ति डिमरी, माधुरी दीक्षित, राजपाल यादवलगायत कलाकारको अभिनय छ।

1.13K shares