दीपक मनाङे ज्यान मार्ने उद्योगमा दोषी ठहर, ५ वर्ष कैद सजाय
वि.सं.२०८१ कात्तिक २० मंगलवार १२:४६
413
shares
काठमाडौं । दीपक मनाङेलाई सर्वोच्च अदालतले पनि ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको छ । यसअगाडि पुनरावेदन अदालत (उच्च अदालत) पाटनले दोषि ठहर गरेको फैसलालाई सर्बोच्चले पनि सदर गरेको हो ।
हाल गण्डकी प्रदेशसभा सदस्य समेत रहेका मनाङेलाई मंगलबार न्यायाधीश डा. नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले दोषी ठहर गरेसँगै ५ वर्षको कैद सजाय हुने भएको छ । तत्कालीन पुनरावेदन अदालत पाटनले मनाङेलाई २०६९ सालमा ५ वर्ष कैद सजाय सुनाएको थियो । २०६१ सालमा चक्रे मिलनमाथि आक्रमण गरेको आरोपमा दीपक मनाङेसहित उनको समूहका युवाहरुलाई ज्यान मार्ने उद्योगमा मुद्दा चलेको थियो ।
वि.सं.२०८१ कात्तिक २० मंगलवार १२:४६
413
shares