सलमानपछि शाहरुख खानलाई मार्ने धम्की

630 shares

काठमाडौँ । यतिबेला बलिउड अभिनेताहरुलाई विभिन्न समूहबाट ज्यान मार्ने धम्की आइरहेको खबरहरु बाहिरिएका छन् । केहि समयअगाडि सलमान खानलाई ज्यान मार्ने धम्की आएको थियो ।

हालै अर्का अभिनेता शाहरुख खानलाई पनि ज्यान मार्ने धम्की आएको छ । धम्की आएपछि शाहरुखको टिमले उजुरी दर्ता गरेको छ । उजुरीसँगै शाहरुखको घर मन्नतमा सुरक्षा कडा बनाइनुका साथै प्रहरीले अनुसन्धान पनि सुरु गरेको छ ।

धम्की आएको नम्बर भारतको छत्तीसगढका फैजान नामका व्यक्तिको नाममा दर्ता गरिएको छ । नम्बर ट्रेस गर्ने बित्तिकै मुम्बई पुलिस रायपुर पुगेको छ । धम्की दिने फोन गरेर भनेका थिए, ‘म ब्याण्ड स्ट्याण्डका शाहरुख खानलाई मारिदिन्छु, ५० लाख नदिए शाहरुख ज्यान जान्छ ।’

फोन गर्ने व्यक्तिलाई नाम सोध्दा उनले जवाफमा भनेए, “मलाई केही फरक पर्दैन, मेरो नाम हिन्दुस्तानी हो ।”

 

630 shares