‘पुर्णबहादुरको सारंगी’ को सुनामी

896 shares

काठमाडौँ । तिहारको अवसरमा प्रदर्शनमा आएको चलचित्र ‘पूर्णबहादुरको सारंगी’ले बक्सअफिसमा सुनामी नै ल्याएको छ । फिल्मले हालसम्मकै उच्च शो पाउनुको साथै अकुपेन्सी पनि राम्रो पाएको छ ।

सरोज पौडेलको निर्देशनमा बनेको फिल्मको सूरुवाती व्यापार ठिकै थियो । तर, वर्ड अफ माउथ बलियो हुँदा फिल्मले आक्रमक व्यापार गरिरहेको छ ।

फिल्मले रिलिजको ७ दिनमै ८ करोड ८५ लाख बराबरको कलेक्सन गरेको निर्माण टिमले जनाएको छ । पहिलो साताको कलेक्सन नेपाली फिल्मको लागि उच्च मध्येको एक हो । निर्माण टिमले यो कलेक्सनलाई ऐतिहासिक भनेको छ ।

हाल फिल्मको शोज ३ सय ८० भन्दा बढी धेरै छ । दर्शकको अकुपेन्सी पनि राम्रो छ । अधिकांश शोजहरु हाउसफुल देखिएका छन् ।

मल्टिप्लेक्स चेन क्युएफएक्सले फिल्मलाई सुपरहिटको मान्यता दिइसकेको छ । उच्च शोज, दर्शकको उत्साहजनक उपस्थितिले फिल्मले थुप्रै रेकर्डहरु तोड्ने अनुमान गरिएको छ ।

फिल्ममा विनोद पौडेल र प्याट्रिक सुवेदीको लगानी रहेको छ । विजय बराल, अञ्जना बराइली, प्रकाश सपूत, मुकुन भुसाल, माओत्से गुरुङ, विनोद न्यौपाने, शंकर आचार्य, बुद्धि तामाङ, देशभक्त खनाल, भोलाराज सापकोटा, अलिसा बास्तोला, श्याम केसी, सरिता शाह लगायतको अभिनय छ ।

896 shares