‘हरिबहादुरको जुत्ता’मा स्वस्तिमा खड्काको प्रवेश

वि.सं.२०८१ कात्तिक २५ आइतवार ०९:११
679
shares

काठमाडौँ । दीपेन्द्र के खनालको निर्देशनमा बन्ने चलचित्र ‘हरि बहादुरको जुत्ता’मा अभिनेत्री फाइनल भएकी छन् । फिल्ममा मुख्य कलाकारको रुपमा अभिनेत्री स्वस्तिमा खड्का अनुबन्धित भएकी छन्।
निर्माण टिम र स्वस्तिमाबिच कागजी सम्झौता समेत सम्पन्न भइसकेको छ । हाल ‘बसन्त’ फिल्ममा व्यस्त छिन् स्वस्तिमा ।
फिल्ममा यसअगाडि नै कलाकार हरिवंश आचार्य र प्रकाश सपुत अनुबन्धित भइसकेका छन् । सरोज ओलीले निर्माण गर्ने फिल्ममा हरिवंशको नै कथा रहने छ ।

वि.सं.२०८१ कात्तिक २५ आइतवार ०९:११
679
shares