‘पुर्ण बहादुरको सारङ्गी’ले रच्यो इतिहास

980 shares

काठमाडौँ । कात्तिकको १५ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘पुर्ण बहादुरको सारङ्गी’ले रच्यो इतिहास रचेको छ । फिल्मले बक्सअफिसमा नयाँ नयाँ रेकर्ड कायम गरेको हो ।

फिल्मले शनिबार मात्रै ३ करोड ८९ लाखको ग्रस कलेक्सन गरेको छ । यस्तै, शुक्रबार २ करोड ९९ लाख कलेक्शन गरेको छ । यसअगाडि कबड्डी ४ ले २ करोड ९० लाखको ओपनिङ गरेको थियो । उक्त रेकर्ड पनि तोडिएको छ ।

फिल्मले दोस्रो साताको शनिबारसम्म १७ करोड ९८ लाखको ग्रस कलेक्शन गरेको छ । फिल्मको रफ्तार हेर्दा हालसम्मकै उच्च कमाई गर्ने नेपाली फिल्म बन्ने देखिएको छ । दशैँमा आएको १२ गाउँले २५ करोड ५० लाखको कलेक्सन गरेको दावि गरिएको छ । यो रेकर्ड पनि फिल्मले तोड्न सक्ने आँकलन गरिएको छ ।

सरोज पौडेलको निर्देशनमा तयार भएको फिल्ममा विजय बराल, मुकुन भुसाल, प्रकाश सपुत, अन्जना बराइली लगायतका कलाकारहरुको अभिनय छ ।

980 shares