कस्तो छ जितु नेपालको ‘कार्साङ’ लुक्स ?
वि.सं.२०८१ कात्तिक २७ मंगलवार ०६:१२

काठमाडौँ । आगामी पुष २६ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘कार्साङ’ मा जितु नेपालको चारित्रिक लुक्स सार्वजनिक गरिएको छ । चलचित्रमा जितु फरक चरित्रमा देखिएका छन् ।
उनको चारित्रिक पोष्टर रोचक देखिएको छ । उनको लुक्स र गेटअप भिन्न देखिएको छ । जितुको चारित्रिक लुक्समा धेरै नै मेहनत गरेको देखिन्छ । पोष्टरमा उनि ढुंगामा टुक्रुक्क बसेका छ । उनको हातमा बटुको छ । स्टकोट र शिरमा कालो टोपीमा उनि देखिएका छन् । खुट्टामा गमबुट र घुँडामा झोला छ उनको । ग्रामिण भेग देखाइएको पोष्टरमा जितुको पात्र टिपिकल गा्रमिण युवाको देखिन्छ ।
शेर्पा समुदायको कथामा आधारित भएर बनेको फिल्मको पोष्टरमा ‘मकै त पिन्ने घट्टामा, पिरती बस्यो ठट्टामा’ लेखिएको छ । यम शेर्पाको लेखन तथा निर्देशन रहेको फिल्ममा दयाहाङ राई, जितु नेपाल, सिर्जना निङलेखु, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन, सुरवीर पण्डित, रविन्द्र झा, कर्मा शेर्पा लगायतका कलाकारको अभिनय रहेको छ ।
वि.सं.२०८१ कात्तिक २७ मंगलवार ०६:१२











