६ करोड लगानीमा बनेको ‘ह्रस्व दीर्घ’लाई निराशाजनक शोज

1.09K shares

काठमाडौँ । आमागी शुक्रबारबाट प्रदर्शनमा आउने चलचित्र ‘ह्रस्व दीर्घ’को बुकिङ खुला गरिएको छ । बुधबारबार हलहरुले फिल्मको शो उपलब्ध गराउँदै बुकिङ खुला गरेका हुन् ।

यतिबेला हलामा लक्ष्मीपूजाबाट प्रदर्शनमा आएको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को दबदबा छ । फिल्मले नेपाली हल कब्जा नै गरेको छ । यस्तोमा ‘ह्रस्व दीर्घ’ले निराशाजनक शोज प्राप्त गरेको छ ।

फिल्मलाई क्युएफएक्सले शुक्रबारका लागि फिल्मलाई देशभर कूल ४५ शो दिएको छ । यता आईएनआई सिनेमाजले कूल ८ शो दिएको छ भने वान सिनेमाजले पनि नयाँ बानेश्वर र कालिमाटी स्टेशनमा गरी ८ शो उपलब्ध गराएको छ ।

फिल्मले एफक्युब र बिग मुभिजमा समान ५–५ शो, विएसआर मुभिजमा ४ शो पाएको छ । ठुलो लगानीमा नेपाल र भारतका कलाकार राखेर निर्माण गरिएको फिल्मले प्राप्त गरेको शोज निराशाजनक हो । ‘पुर्णबहादुरको सारंगी’को क्रेज का कारण केटी हराएको सूचनाको प्रदर्शन स्थगित गरिएको थियो । ‘ह्रस्व दीर्घ’ले एकल रिलिजको मौका पाउँदा पनि सारंगीको चेपमा परेको छ । फिल्मले दर्शकको सुखद् प्रतिक्रिया पाउँदा त शोज बढाउला । दर्शकले फिल्म सोचेजस्तो पाएनन् भने फिल्म केहि दिनमै दम तोड्न पुग्नेछ ।

फिल्मको गीत ट्रोलको शिकार भएको थियो । ट्रेलरलाई दर्शकले मिश्रीत प्रतिक्रिया दिएका थिए । यस्तोमा फिल्म दमदार हुन जरुरी छ । अन्यथा सारंगीको जुन क्रेज छ, त्यसको तुफानमा फिल्म पिसिन सक्छ ।

चन्द्र पन्तको निर्देशनमा बनेको फिल्ममा भारतका चर्चित कलाकार ब्रह्मानन्दम, प्रदीप रावत, सुनिल बर्मा, अली, कबीर दुहन सिंहको अभिनय रहेको छ । फिल्मा नेपाली कलाकार विपना थापा, नीता ढुंगाना, हरिहर अधिकारी, सरोज खनाल, रेखा थापा, सञ्चिता लुइँटेल, प्रशान्त ताम्राकार, किरण केसी लगायतको अभिनय छ ।

1.09K shares