‘तेल भिसा’का निर्माता र निर्देशकविरुद्ध अमेरिका लैजान्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीमा उजुरी

1.44K shares

काठमाडौँ । प्रदर्शनको संघारमा रहेको चलचित्र ‘तेल भिसा’का निर्माता र निर्देशकविरुद्ध ठगी गरेको आरोपमा प्रहरीमा उजुरी परेको छ । फिल्मका निर्माता ऋचा घिमिरे र उनकै श्रीमान् निर्देशक शंकर घिमिरेविरुद्ध ठगि गरेका आरोपमा प्रहरीमा उजुरी परेको हो ।

उनिहरुविरुद्ध मंगरबार जिल्ला प्रहरी परिसर काठमाडौँमा उजुरी परेको हो । मंसिर ७ गते फिल्म प्रदर्शको तयारीमा छ । हाल शंकर र ऋचा फिल्म प्रचार प्रसारमा व्यस्त छन् ।

संयोग पनि कस्तो भने, फिल्मले तेल भिसामा अमेरिका लैजाने अभिभावकको कथा भन्छ । फिल्ममा विपिन कार्की, वर्षा राउत, ऋचा घिमिरे, बुद्धि तामाङ, फ्रान्सेस शर्मन, ज्याक बेल, सुचित्रा उप्रेती लगायतका कलाकारको अभिनय रहेको छ ।

 

1.44K shares