‘कर्मा’मा विपिनसँग जोडी बाँध्दै उपासना
वि.सं.२०८१ मंसिर १ शनिवार १२:४२
700
shares
काठमाडौँ । निर्देशक सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’का लागि कलाकार अनुबन्धित हुने क्रम जारी छ । फिल्मको मुख्य भूमिकामा विपिन कार्की यसअगाडि नै अनुबन्धित भइसकेका छन् ।
फिल्मको मुख्य भुमिकामा अभिनेत्री उपासना सिंह ठकुरी अनुबन्धित भएकी छन् । निर्माण टिमले उनीसँग कागजी सम्झौता समेत सम्पन्न गरिसकेको छ । फिल्ममा उनि विपिनको जोडि भएर काम गर्नेछिन् ।
एक्सन जनरामा बन्ने फिल्मको खलपात्रमा मुकुन भुषाल अनुबन्धित भएका छन् । निर्देशक चौधरीकै कथा रहेको फिल्म आगामी चैत्र २९ गतेबाट प्रदर्शन गर्ने तयारी रहेको छ । सौरभले गत बर्ष प्रदर्शनमा आएको अगस्त्य निर्देशन गरेका थिए ।
वि.सं.२०८१ मंसिर १ शनिवार १२:४२
700
shares