‘कार्साङ’को टिजर : गरिबीको पिडा

679 shares

काठमाडौँ । यम शेर्पाको निर्देशनमा बनेको फिल्म ‘कार्साङ’को टिजर सार्वजनिक भएको छ । बुधबार फिल्मको २ मिनेट लामो टिजर सार्वजनिक गरिएको हो ।

सार्वजनिक जिरमा धामीको कथालाई प्रस्तुत गरिएको छ । धामीको जीवनमा आउने गरिबी, अभाव, पिडालाई टिजरमा देखाइएको छ । अभावका कारण हुने पारिवारिक सामाजिक समस्यालाई प्रस्तुत गरिएको छ ।

शेर्पा समुदायको संस्कृतिमा आधारित फिल्ममा दयाहाङ राई, सिर्जना निङलेखु, जितु नेपाल, दीया मास्के, वुद्दि तामाङ लगायतका कलाकारको मुख्य भूमिका छ । पौष २६ गतेबाट प्रदर्शनमा आउने फिल्ममा हर्क साउद र डिपी खनालको शब्द रहेको फिल्मको गीतमा मनोज थापा मगर, एसडी योगी र बिशो डोङको संगीत छ ।

 

 

679 shares