पल शाहको बिहे हल्ला मात्रै

644 shares

काठमाडौँ । अभिनेता पल शाहले बिहेको खबर हल्ला मात्रै भएको बताएका छन् । केहीदिनयता उनको बिहेको चर्चा खुबै चलेको थियो । केहि महिनामै उनले बिहे गर्न लागेको भन्दै सामाजिक संजारमा खबर फैलिएको थियो ।

हल्ला चलेपछि पल शाहले बिहेको खबर झुटो भएको बताएका छन् । उनले सामाजिक संजालमा लेख्दै बिहेको खबरमा सत्यता नभएको बताएका हुन् । उनले लेखेका छन्, ‘मेरो बिहेको खबरले म आफै चकित छु । साथी भाइहरूले गर्नु भएको चिन्ता र चासोको कदर गर्दछु । तर, यहाँहरूलाई स्पष्ट होस् यो खबरले कुनै सत्यता छैन ।’

पछिल्लो समय म्युजिक भिडियोमा व्यस्त शाहको हातमा तीनवटा फिल्म छन् । उनको ‘मायावी’ फागुनमा रिलिज हुँदैछ भने ‘मायाका रंगहरु’ र ‘मोहर’ निर्माणको क्रममा छन् ।

644 shares