‘पूर्णबहादुरको सारङ्गी’ हलबाट उतार्ने निर्माताको घोषणा
वि.सं.२०८१ मंसिर २२ शनिवार ११:५६
काठमाडौँ । कार्तिक १५ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ हलबाट उत्रीने भएको छ । फिल्मलाई कम शो दिएको भन्दै निर्माताले हलबाट उतार्ने घोषणा गरेका हुन् ।
फिल्मले बक्सअफिसमा धमाका मच्चाएको थियो । हालसम्मकै सर्वाधिक कलेक्सन गर्ने नेपाली फिल्मको रेकर्ड बनाएपनि हलहरुले विभेद गरेको भन्दै निर्माताले हलबाट उतार्ने निर्णय लिएका हुन् ।
बिहीबारबाट दक्षिण भारतीय फिल्म पुष्पा २ प्रदर्शनमा आएपछि नेपाली हल पुष्पाको कब्जामा पुगेको छ । फिल्मले नेपाल र भारत दुबैतिर बक्सअफिसमा सुनामी नै ल्याएको छ । फिल्मको टिकटको हाहाकार नै मच्चिएको छ । यस्तोमा हलवालाले ‘पूर्णबहादुरको सारङ्गी’को शो कटौती गरेका हुन् । तर, ‘पूर्णबहादुरको सारङ्गी’को निर्माताले फिल्मको अकुपेन्सी राम्रो हुँदा हुँदै पनि शो कटौती गरेको आरोप लगाएका छन् ।
हलहरुले ‘ह्रस्व दीर्घ’लाई त हलहरुले बिहीबारबाटै उतारिसकेका छन् । ‘तेल भिसा’ भने केहि शो का साथ हलमा छ ।
शनिबार निर्माण कम्पनी सेभेन सीज सिनेमाले एक विज्ञप्ति जारी गर्दै आगामी सोमबार अर्थात् मंसिर २४ गतेदेखि फिल्मको प्रदर्शन स्थगन गरिने जनाएको छ ।
वि.सं.२०८१ मंसिर २२ शनिवार ११:५६