नेपाली चलचित्र क्षेत्र ‘किराना पसल’ जस्तो : प्रदीप खड्का
वि.सं.२०८१ मंसिर २४ सोमवार ०४:२३
काठमाडौं । अभिनेता प्रदीप खड्काले नेपाली चलचित्र क्षेत्र ‘किराना पसल’ शैलीमा चलेको टिप्पणी गरेका छन् । आइतबार काठमाडौँमा ‘कर्णाली अन्तर्राष्ट्रिय महोत्सव’को विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।
कार्यक्रममा प्रदीपले “जुन दिन चलचित्रलाई व्यापारको दृष्टिकोणबाट हेरिन्छ, त्यो दिन धेरै कुरा परिवर्तन हुन्छ । अहिलेसम्म पारिवारिक व्यापार भइरहेको छ । किराना पसल थापेजस्तो भइरहेको छ,” उनले थप्दै भने, “१० बजेसम्म बुवा पसलमा बस्ने, आमा पूजापाठ गर्ने । १० बजेपछि बुवा खाना खाएर सुत्न जाने, आमा पसलमा बस्ने । स्कुलबाट फर्किएपछि बच्चाबच्ची पसलमा बस्ने । आमा खाना पकाउने जाने जस्तो भइरहेको छ ।”
प्रदीपले चलचित्र क्षेत्रमा “आमा निर्देशक, बुवा निर्माता । छोराछोरी नायक–नायिका,” बन्ने प्रचलन रहेको औँल्याए । चलचित्र क्षेत्रमा कर्पोरेट लगानी प्रवेश गराउनुपर्नेमा उनको जोड थियो ।
वि.सं.२०८१ मंसिर २४ सोमवार ०४:२३