प्रकाशको ‘सोल्टिनी’ परीक्षा
वि.सं.२०८१ मंसिर २५ मंगलवार ०३:२२
काठमाडौँ । गायक प्रकाश सपुतको व्यस्तता फिल्ममा पनि बढेको छ । गत महिना मात्रै उनको अभिनय रहेको ‘पूर्ण बहादुरको सारंगी’ले ऐतिहासिक कमाई गरेको थियो । उनको लाइनअपमा ‘बसन्त’, ‘हरिबहादुरको जुत्ता’ छन् ।
यस्तोमा उनको नयाँ चलचित्र ‘सोल्टिनी’को पनि घोषणा भएको छ । अर्जुन सुवेदीले निर्देशन गर्ने फिल्ममा उनको जोडिको रुपमा परीक्षा लिम्बु रहने भएकी छन् । सुवेदीले गत वर्ष प्रर्दशनमा आएको ‘रंगेली’ निर्देशन गरेका थिए ।
जातीय भेदभावविरुद्धको कथा भन्ने फिल्ममा प्रकाश र परीक्षाले पहिलोपटक एकसाथ काम गर्नेछन् । फिल्म निर्माण घोषणा गर्दै टिजर पनि सार्वजनिक गरिएको छ । टिजरमा चर्चित ‘स्टोरी टेलर’ साइग्रेस पोखरेलले फिल्मको भाव बुझाउने कथावाचन गरेका छन् ।
टिजरमा उल्लेख भएअनुसार फिल्ममा प्रकाश ‘भीमसेन पोखरेल’ र परीक्षा ‘दिलासा राई’को भूमिकामा प्रस्तुत हुनेछन् । फिल्मलाई २०८२ को असोज ३ गते (संविधान दिवस) प्रदर्शन गरिने जनाइएको छ ।
वि.सं.२०८१ मंसिर २५ मंगलवार ०३:२२