‘बागी ४’ मा सञ्जय दत्तको यस्तो लुक्स
वि.सं.२०८१ मंसिर २५ मंगलवार ०९:१४
476
shares
काठमाडौँ । साजिद नाडियाडवालाको ‘बागी ४’ मा सञ्जय दत्त अनुबन्धित भएका छन् । दत्तको एक क्यारेक्टर पोष्टर समेत सार्वजनिक गरिएको छ । फिल्ममा उनि भिलेनको भूमिकामा देखिनेछन् ।
पोष्टर सार्वजनिक गर्दै दत्तले लेखेका छन्, ‘सबै प्रेमी भिलेन हुन्।’ पछिल्लो समय सन्जय भिलेनको भूमिकामा सर्वाधिक रुचाइएका अभिनेता हुन् । ‘केजीएफ’, ‘लियो’ जस्ता फिल्महरुमा उनको नेगेटिभ रोललाई मन पराइएको थियो ।
फिल्मलाई ए हर्षले निर्देशन गर्नेछन् । फिल्ममा टाइगर श्राफ, जिमी शेरगिलको मुख्य भूमिका रहनेछ। फिल्मलाई २०२५ को सेक्टेम्बर ५ मा रिलिज गर्ने तयारी गरिएको छ ।
फिल्मको पहिलो पार्ट सन् २०१६ मा रिलिज भएको थियो भने दोस्रो पार्ट सन् २०१८ र तेस्रो पार्ट २०२० मा रिलिज भएको थियो।
वि.सं.२०८१ मंसिर २५ मंगलवार ०९:१४
476
shares