‘माग्ने राजा’ बन्दै केदार घिमिरे

637 shares

काठमाडौँ । केदार घिमिरे माग्ने बुढाको व्यस्तता फिल्ममा बढेको छ । दीपक – दीपाको ‘छक्का पन्जा’ सिरिज बाहेकका फिल्ममा काम नगरेका उनि पछिल्लो समय अन्य व्यानरका फिल्महरुमा लगातार आवद्ध भइरहेका छन् ।

उनलाई नै मुख्य भुमिकामा लिएर ‘माग्ने राजा’ फिल्म बन्ने भएको छ । मुनाल घिमिरेले निर्माण गर्ने फिल्मलाई ऋषि लामिछानेले निर्देशन गर्ने भएका छन् । यहि नाममा दीपक दीपाले पनि फिल्म बनाउने भएका थिए । तर, अब उनिहरुको हातबाट उक्त नाम फुत्केको छ । बिहीबार थिम पोष्टर सार्वजनिक गर्दै माग्ने राजाको घोषणा गरिएको छ ।

केदारलाई मुख्य भूमिकामा लिएर बन्ने फिल्मलाई सामिप्यराज तिमल्सिनाले लेखेका हुन् । फागुन १ गतेबाट फ्लोरमा जाने फिल्मको कथावस्तु कमेडी शैलीको हुने जनाइएको छ । फिल्मका अन्य कलाकारहरु सार्वजनिक गरिएको छैन ।

 

637 shares