एक सातामा ‘पुष्पा २’ को कमाइ १००० करोड माथि

896 shares

काठमाडौँ । यतिबेला ‘पुष्पा २’ ले बक्सअफिसमा सुनामी नै ल्याएको छ । फिल्म हेर्न हलहरुमा दर्शकको बाढि नै आएको छ । बहुप्रतिक्षित बनेको दक्षिण भारतीय फिल्म हेर्न विश्वभरका दर्शक ओइरिएका छन् ।

फिल्मले बक्सअफिसमा नयाँ नयाँ रेकर्डहरु बनाइरहेको छ । एकसातामा फिल्मले भारतीय बक्सअफिसमा मात्रै ६४७ करोड भारुको कलेक्सन गरेको छ । फिल्मले विश्वभरबाट १ हजार करोड भारुको कमाई गरेको टाइम्स अफ हिन्दुस्तानले जनाएको छ ।

सुकुमारको लेखन तथा निर्देशन रहेको फिल्ममा अल्लु अर्जुनसहित रश्मिका मन्दना, फहाद फासिल, जगपति बाबु, धनुञ्जय, राव रमेश, सुनील लगायतको अभिनय छ।

 

896 shares