‘पुष्पा’ अभिनेता अल्लु अर्जुन पक्राउ
वि.सं.२०८१ मंसिर २८ शुक्रवार ०७:५७

काठमाडौं । दक्षिण भारतीय अभिनेता अल्लु अर्जुनलाई प्रहरीले पक्राउ गरेको छ । केहि समयअगाडि हैदराबादको एक हलमा फिल्म ‘पुष्पा २’ को प्रदर्शनको क्रममा चलेको भागदौडमा ३९ वर्षिया एक महिलाको मृत्यु भएको थियो । उक्त घटनासँग सम्बन्धित रहेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उक्त भागदौडमा ३९ वर्षीया एक महिलाको मृत्यु भएको थियो भने उनका छोरा गम्भीर घाइते छन् । सोहि घटनामा प्रहरीले सन्ध्या थिएटरको व्यवस्थापन, कलाकार र उनको सुरक्षा टोलीविरुद्ध मुद्दा दायर गरेको थियो ।
अल्लुलाई चिक्कडपल्ली प्रहरी थानाको टोलीले शुक्रबार हिरासतमा लिएको थियो, जहाँ मुद्दा दर्ता गरिएको थियो । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको र दोषी पाइए कानुनअनुसार कारवाही गरिने जनाएको छ ।
अल्लु अर्जुन अभिनित पुष्पा २ हाल प्रदर्शन भइरहेको छ । फिल्मले १ हजार करोड माथिको कलेक्सन गरिसकेको छ ।
वि.सं.२०८१ मंसिर २८ शुक्रवार ०७:५७











