जिप दुर्घटना हुँदा दम्पतीसहित ३ जनाको मृत्यु

वि.सं.२०८१ मंसिर २९ शनिवार ०४:४४
637
shares

काठमाडौँ । बुटवलमा बलेरो जिप दुर्घटना हुँदा एक दम्पतीसहित ३ जनाको मृत्यु भएको छ । आज पूर्वपश्चिम राजमार्गको तिनाउ पुलमा बलेरो जिप दुर्घटना भएको हो ।
दुर्घटनामा बुटवल–१२ नयाँ गाउँ बस्ने ७१ वर्षीय तिलकराम खनाल, उनकी श्रीमती ६७ वर्षीया गौरी खनाल र जिप चालक ३२ वर्षीय हरि न्यौपानेको मृत्यु भएको हो । शव पोष्टमार्टमा लागि लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ ।

वि.सं.२०८१ मंसिर २९ शनिवार ०४:४४
637
shares