जमानतमा छुटे अल्लु अर्जुन

वि.सं.२०८१ मंसिर २९ शनिवार ०४:५०
616
shares

काठमाडौं । दक्षिण भारतीय अभिनेता अल्लु अर्जुनलाई शुक्रबार प्रहरीले पक्राउ गरेको थियो । गत डिसेम्बर ४ मा पुष्पा २ को प्रिमियर कार्यक्रममा भएको भागदौडमा एक महिलाको मृत्यु भएको थियो भने उनको छोरा गम्भिर घाइते भएका थिए । सोहि घटनालाई लिएर प्रहरीले अल्लु अर्जुनलाई पक्राउ गरेको थियो ।
शुक्रबार बिहान पक्राउ परेका उनि बेलुका नै अन्तरिम जमानतमा रिहा भएका छन् । भारतको हैदरावादस्थित नामपल्ली अदालतले अभिनेतालाई १४ दिनको लागि न्यायिक हिरासतमा पठाए पनि उच्च अदालतले जमानतमा रिहा गरेको हो ।

वि.सं.२०८१ मंसिर २९ शनिवार ०४:५०
616
shares