‘मर्दानी ३’ बन्ने

वि.सं.२०८१ मंसिर ३० आइतवार ०४:०५
595
shares

काठमाडौँ । रानी मुखर्जीको मुख्य भूमिका रहने चलचित्र ‘मर्दानी ३’ बन्ने भएको छ । एक्सन थ्रिलर फ्रेन्चाइज मर्दानीको पहिलो र दोश्रो पार्टमा रानी पुलिस अफिसरको भुमिकामा थिइन् । दुवै पार्टलाई दर्शकले रुचाएका थिए ।
तेश्रो पार्टमा पनि एसपी शिवानी शिवाजी रोयको दमदार एक्सन देखिने भएको छ । पहिलो र दोश्रो पार्टको आत्मा भनेकै थ्रिल र ब्रुटल एक्सन सिनहरु थिए । यस्तोमा तेश्रो पार्ट अझै धेरै थ्रिलिङ हुने अनुमान गरिएको छ ।
फिल्मलाई ‘टाइगर–३’ र ‘सुल्तान’ जस्ता चलचित्रमा दोस्रो युनिट सहायक निर्देशकको रुपमा काम गरिसकेका अभिराज मिनावालाले निर्देशन गर्नेछन् । उनको यो डेब्यु निर्देशन हुनेछ ।

वि.सं.२०८१ मंसिर ३० आइतवार ०४:०५
595
shares