रवि लामिछानेसहित ५१ जनालाई मुद्दा चलाउन प्रहरीको प्रतिवेदन

798 shares

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय कास्कीले सूर्यदर्शन सहकारीको बचत रकम अपचलनमा रवि लामिछानेसहित ५१ जनालाई मुद्दा चलाउन रायसहितको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ । सोमबार प्रहरीले लामिछानेसहितलाई सहकारी बचत रकम अपचलन, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन बुझाएको हो ।

प्रहरीले हाल हिरासतमा रहेका रवि लामिछाने, पूर्व डिआइजी छविलाल जोशी, रामप्रसाद खनाल, लिला पछाईसहित ५१ जनामाथि मुद्दा चलाउनुपर्ने प्रतिवेदन तयार पारेको हो । सहकारी रकम अपचलनमा कतिपय पक्राउ परिसकेका छन् भने धेरै फरार रहेका छन् ।

प्रहरीले मुद्दा चलाउनुपर्ने राय दिनुको साथै १ अर्ब ५१ करोड बिगो रकमको दाबी गरिएको प्रतिवेदन तयार पारेको हो । प्रहरीले प्रतिवेदन बुझाएसँगै अब केही दिनमै सरकारी वकिलको कार्यालय कास्कीले जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गर्नुपर्नेछ।

798 shares