‘दुखी आत्मा’मा आँचलसँग दया रोमान्टिक

595 shares

काठमाडौँ । दीपेन्द्र लामाको निर्देशनमा बनेको दुखी आत्माको फर्स्टलुक पोष्टर सार्वजनिक गरिएको छ । सोमबार फिल्मको ३ वटा पोष्टर सार्वजनिक गरिएको हो ।

सार्वजनिक पोस्टरमा फिल्मका मुख्य पात्रहरुलाई प्रस्तुत गरिएको छ । एउटा पोष्टरमा दयाहाङ राईलाई मात्रै देखाइएको छ ।

अर्को पोष्टरमा दयासँग आँचल शर्मालाई रोमान्टिक देखाइएको छ भने अर्को पोष्टरमा फिल्मका मुख्य कलाकार अनुप विक्रम शाही, वुद्दि तामाङ, रेअर राई, लोकेन्द्र लेखक र आशान्त शर्मालाई देखाइएको छ ।

फागुन २ गतेलाई रिलिज मिति तोकेको फिल्मले फर्स्टलुक सार्वजनिक गर्दै प्रचार प्रारम्भ गरेको छ । पोष्टरले पात्रहरुको चरित्रचित्रण र भावलाई प्रस्तुत गरेको छ ।

हिमाल कडरियाको लगानी रहेको फिल्मको कार्यकारी निर्माता सुदिप ढकाल हुन् । हिमाल र निर्देशक दीपेन्द्रले यसअगाडि ‘नाङ्गो गाउँ’ निर्माण गरेका थिए ।

595 shares