‘फेरि रेशम फिलिली’ फागुन १४ मा

वि.सं.२०८१ पुस २ मंगलवार ०५:३७
553
shares

काठमाडौँ । चलचित्र ‘फेरि रेशम फिलिली’को प्रदर्शन मिति तोकिएको छ । फिल्मको फर्स्टलुक पोष्टर सार्वजनिक गर्दै प्रदर्शन मिति तोकिएको हो ।
निर्माण टिमले महाशिवरात्रिको अवसर पारेर फागुन १४ गतेलाई प्रर्दशन मिति तोकेको छ । ९ वर्ष अगाडि प्रदर्शनमा आएको ‘रेशम फिलिली’मा देखिएका विनय श्रेष्ठ सोहि लुक्समा पोष्टरमा देखिएका छन् । उनको साथमा सुषुष्पा भट्टलाई पनि पोष्टरमा प्रस्तुत गरिएको छ ।
रौनक विक्रम कँडेलको लगानीमा बनेको फिल्मलाई निरोज महर्जनले निर्देशन गरेका छन् । फिल्ममा कामेश्वर चौरासिया, प्रकाश घिमिरे, शिशिर वाङ्देल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश घिमिरे, सजन थापा लगायतका कलाकारहरुको अभिनय छ ।

वि.सं.२०८१ पुस २ मंगलवार ०५:३७
553
shares