अनेरास्ववियुको महाधिवेशन चैत्र मसान्त भित्र

वि.सं.२०८१ पुस ३ बुधवार १२:००

काठमाडौँ । नेकपा एमालेको जनवर्गिय संगठन अनेरास्ववियुको २४ औँ महाधिवेशन चैत्र मसान्तभित्र हुने भएको छ । संगठनको आज बसेको १२ औँ सचिवालय बैठकले चैत्र मसान्तभित्र महाधिवेशन गर्ने निर्णय गरेको हो ।
अनेरास्ववियुको २३ औँ महाधिवेशन २०७९ फागुनमा काठमाडौँमा भएको थियो । निर्वाचनमार्फत आएको नयाँ कमिटीको कार्यकाल फागुनमा २ वर्ष पुग्दैछ । फागुनमै महाधिवेशन गर्ने तयारी भएपनि स्ववियु निर्वाचनको कारण चैत्र भित्र गर्ने तयारी गरिएको जनाइएको छ ।
बैठकले महाधिवेशनको मिति भने तोकेको छैन । थप छलफल गरेर महाधिवेशनको मिति तोकिने अनेरास्ववियुका सचिव तथा प्रवक्त प्रकाश पौडेलले बताए । साथै, चौथो केन्द्रिय कमिटीको बैठक माघ ६,७ र ८ गते काठमाडौमा गर्ने निर्णय भएको पौडेलले बताए ।
बैठकले त्रिभुवन विश्वविद्यालयले फागुन १५ गतेलाई तोकेको स्ववियु निर्वाचन समयमै गराउन सर्बपक्षिय छलफलका लागि पनि आह्वान गरेको छ । हाल त्रिभुवन विश्वविद्यालयमा स्ववियु सचिव तथा अनेरास्ववियु त्रिविका अध्यक्ष सिधान्त भट्टले ३५ बुदे विश्वविद्यालय सुधारको माग गर्दै राखेको धर्नामा पुर्ण ऐक्यवद्दता जनाउदै माग अविलम्ब पूरा गर्न सम्बन्धित निकायलाइ अनेरास्ववियुले ध्यानाकर्षण गराएको छ ।

वि.सं.२०८१ पुस ३ बुधवार १२:००