सलोनको ‘रंगी’ फागुन २ बाट रिलिज हुने

वि.सं.२०८१ पुस ३ बुधवार १२:३०
700
shares

काठमाडौँ । अभिनेता सलोन बस्नेत प्रस्तुतकर्ता रहेको फिल्म ‘रंगी’को प्रदर्शन मिति तय भएको छ । फिल्मको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै फागुन २ गतेलाई प्रदर्शन मिति तोकिएको हो ।
सार्वजनिक पोष्टरमा सलोन बस्नेत र बाल कलाकार आयुषी ढकाललाई प्रस्तुत गरिएको छ । बुबा छोरीको कथा भन्ने फिल्मको पोष्टरमा ग्रामिण बजारलाई पृष्ठभुमिमा राखिएको छ ।
फिल्मको मोसन पोष्टरमा डेब्यू नायिका नम्रता श्रेष्ठलाई पनि देख्न सकिन्छ । सुरेश न्यौपानेको डेब्यू निर्देशनमा तयार भएको फिल्ममा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ र विशाल पहारीको मुख्य भूमिका छ ।

वि.सं.२०८१ पुस ३ बुधवार १२:३०
700
shares