प्रकाश सपुतको ‘बसन्त’को छायांकन सकियो

623 shares

काठमाडौँ । गायक तथा कलाकार प्रकाश सपुतको डेब्यु निर्देशनमा बनेको फिल्म ‘बसन्त’को छायांकन सकिएको छ । बुधबार काठमाडौँमा अन्तिम दृश्यको छायांकन गर्दै ३८ दिनमा फिल्मको प्याकअप गरिएको हो ।

गायकबाट अभिनेता बनेका प्रकाशले यो फिल्मबाट निर्देशनमा पनि हात हालेका छन् । विपन्न समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथा फिल्मले भन्नेछ । फिल्मको प्रदर्शन मिति चैत्र २२ गतेलाई तोकिएको छ ।

फिल्ममा प्रकाशको साथमा स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, खड्क बहादुर पुन, शिवांशी श्री, अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे लगायतका कलाकारहरुको अभिनय रहनेछ ।

गलबन्दी प्रोडक्सनको प्रस्तुति रहेको यो फिल्ममा कार्यकारी निर्मातामा मोहन विश्वकर्मा, अनुरोध भट्टराई, नाना थकाली छन् । सुसन प्रजापतिको यो फिल्ममा छायांकन छ ।

623 shares