हलमा सौगातको ‘बम बहादुर’

630 shares

काठमाडौँ । फ्राइडे रिलिज अन्तर्गत हलमा नेपाली चलचित्र ‘बम बहादुर’ प्रदर्शनमा आएको छ । पुष महिनामा नेपाली मेकरहरुले फिल्म रिलिजमा खासै चासो नदेखाउने भएपनि ‘बम बहादुर’ भने प्रदर्शनमा आएको छ ।

अभिनेता सौगात मल्लको मुख्य भूमिका रहेको फिल्मले देशभर्र एकसाथ रिलिज भएको छ । सोलो रिलिजको मौका पाउँदा पनि फिल्मले न्युन शो पाएको छ । हलहरु यतिबेला पुष्पा २ र ‘पूर्णबहादुर सारङ्गी’ कै कब्जामा छन् ।

जोन राईले निर्देशन गरेको फिल्ममा सौगातको साथमा प्रशान्त राई, अनिशा रसाइली, भास्कर प्रधान, महेन्द्र बग्दास, मदन भुजेल, भरत वशिष्ठ, अजय प्रधान, शान्तिला तामाङ, रिया भुजेल, बाल कलाकार वशिस्ट कार्की, सुरेश पन्चकोटी लगायतको अभिनय छ ।

630 shares