‘एक्लो १’मा यस्तो देखिए कविता र जेमी

630 shares

काठमाडौँ । प्रदीप शाहिको निर्देशनमा तयार भएको चलचित्र ‘एक्लो १’ को दुई कलाकारको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको छ । कबिता नेपाली र बेलायति अभिनेता जेमी बेकनको लुक्स निर्माण टिमले सार्वजनिक गरेको हो ।

सार्वजनिक पोस्टरमा कविता ‘एरियल’ र जेमी ‘ज्याक’को भूमिकामा देखिएका छन् । साइन्स फिक्सन जनरामा बनेको फिल्ममा प्रदीप खड्का, बेनिशा हमाल, विजय लामा, सुनील थापा, दिया पुन, दिनेश डीसी, सुरज सिंह ठकुरी लगायतका कलाकारहरुको अभिनय छ ।

निर्माण टिमले यसअगाडि प्रदीप खड्काको लुक्स सार्वजनिक गरेको थियो । उक्त लुक्सलाई दर्शकले राम्रो प्रतिक्रिया समेत दिएका थिए । शाइ प्रोडक्सनको व्यानरमा बनेको फिल्ममा राजकुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, संगीता वादी श्रेष्ठ, भाइराजा थापा, नवीन सिवा, बागवीर पुनको लगानी छ । फिल्मका कार्यकारी निर्माता क्षितिज सुवेदी हुन् ।

फिल्ममा बाबु श्रेष्ठको छायांकन, राजु तामाङको एक्सन छ ।

630 shares