क्रिसमसमा ‘देववाणी’ र ‘बेबी जोन’ प्रदर्शन

वि.सं.२०८१ पुस १० बुधवार ०७:४०
560
shares

काठमाडौँ । क्रिसमसलाई लक्षित गर्दै बुधबारदेखि एक नेपाली र एक हिन्दी फिल्म प्रदर्शनमा आएका छन् । ‘देववाणी’ र हिन्दी फिल्म ‘बेबी जोन’ अंग्रेजी नयाँ वर्ष र क्रिसमसको अवसर पारेर प्रदर्शनमा आएका हुन् ।
एटलीको एक्सन ड्रामा थ्रिलर फिल्म ‘बेबी जोन’ मा वरुण धवन, कीर्ति सुरेश, वामिका गब्बी, ज्याकी श्राफको शीर्ष भूमिका छ । फिल्मका निर्देशक कलीस हुन् । उनले ‘थेरी’ लाई रीमेक गर्नुका साथै केही कथामा बदलाव ल्याएर फिल्म तयार गरेका हुन् ।
नेपाली भाषाको फिल्म ‘देववाणी’ एक्सन ड्रामा जनरामा आधातिर फिल्म हो । यसलाई बाबुसाहेब बलामीले निर्देशन गरेका हुन् । फिल्ममा कुञ्जन भारद्वाज, अञ्जु लेप्चा, सुनिल थापा, ह्यारी जोस, रवीन्द्र झा लगायतको अभिनय छ ।

वि.सं.२०८१ पुस १० बुधवार ०७:४०
560
shares